कोपामा ब्राजिलको सानदार जीत, फाइनलमा प्रवेश

काठमाडौं। ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो।

ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १–१ गोल गरे। खेलको १९ औं मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले घरेलु टोलीलाई अग्रता दिलाए। दायाँ भागबाट फिर्मिन्होको क्रसलाई डिबक्स भित्र अनमार्क रहेका जिससले सहजै गोल गर्न सफल रहे।

७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×