काठमाडौँबाट एक वर्षमा १५ सय मानिस हराए यस्तो छ हराउनुको डरलाग्दो रहस्य

प्रहरीले कल लोकेसनका आधारमा उत्तर प्रदेशको झाँसीमा किशोरी देखियो

काठमाडौँ टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थिइन्। सुरुमा परिवारले आफन्त र छिमेकमा बुझे । फेला पारेनन् । एसईई दिएर बसेकी छोरी हराएपछि अभिभावकले उनका साथीसँग बुझे। उनी एक किशोरसँग भारतको उत्तर प्रदेश पुगेको सूचना आयो । उमेर नपुगीकनै छोरी किशोरसँग हिँडेपछि बाबुआमा चिन्तित नहुने कुरै भएन। घटना महानगरीय प्रहरी परिसर टेकुसम्म पुग्यो। प्रहरीले कल लोकेसनका आधारमा उत्तर प्रदेशको झाँसीमा किशोरी देखियो । प्रहरीले परिवारकै विशेष आग्रहमा किशोरीलाई काठमाडौं ल्याउँदैछ।

श्रीमान्ले उनका नाममा घरजग्गा राखिदिएका थिए। विवाहमा खर्चिएको गहना लिएर भागेपछि श्रीमान् तनावमा

त्यस्तै चोभारकी एक गृहिणी विगत १५ दिनदेखि हराइरहेकी छिन् । पारिवारिक स्रोतले उनी दिल्लीतर्फ उडेको जानकारी प्रहरीलाई दिएको छ । श्रीमान्ले उनका नाममा घरजग्गा राखिदिएका थिए। विवाहमा खर्चिएको गहना लिएर भागेपछि श्रीमान् तनावमा छन्। परिसर टेकुमा श्रीमती खोजतलासका लागि निवेदन लिएर पुगेका श्रीमान् प्रहरीसामु भन्दै थिए, ‘मेरा दुई श्रीमती छन् । अहिले भागेकी दोस्री हुन् । धेरै माया गर्थें। जग्गाघर पनि उनकै नाममा गरिदिएँ । केमा चित्त बुझेन भागिन्।

किशोरीको जबाफ थियो, मलाई त्यो केटा मन पयो, परिवारले विवाह गर्न मानेन अनि भागें।

ठेक्कापट्टाको काम गर्ने श्रीमान्ले कमाएको सम्पत्ति लिएर भागेकी ती गृहिणीलाई प्रहरीले खोजी गरिरहेको छ। टेकुस्थित घरबाटै १५ वर्षीया किशोरी हराएपछि परिवारले प्रहरीमा उजुरी दियो । प्रहरीले फोन लोकेसनका आधारमा ती किशोरीलाई एक किशोरसँग धनगढीमा फेला पा¥यो । उनलाई प्रहरीले समातेर ल्यायो। किन भाग्यौ भन्ने प्रश्नमा किशोरीको जबाफ थियो, ‘मलाई त्यो केटा मन पयो, परिवारले विवाह गर्न मानेन अनि भागें। यी तीन घटना प्रतिनिधि मात्रै हुन् । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय २८ बढी हो । चालु आवमा हराएकामध्ये महिलाको संख्या ६ सय ७८ छ। खोजतलास गर्दा सात सय ७९ जना भेटिएका छन् । डिप्रेसन लगायत विदेशबाट श्रीमान आउँदा श्रीमती अर्कैसँग भाग्ने गरेका सिसिमका घटनाले हराउनेको संख्या बढेको जनाइएको छ ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमाबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *