काठमाडौँ । गत २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा बिहीबार (आज) सार्वजनिक हुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार(आज) दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए ।

बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।  गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।

एसईईको नतिजा परीक्षा बोर्डको वेबसाइट www.see.gov.np मा परीक्षाफल हेर्न सकिने बोर्डले जनाएको छ ।

यस्तै, १६०० मा फोन गरेर थाहा पाउन सकिने नतिजा हेर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।