एजेन्सी ,विश्वमा अनौठा किसिमका रोजगारीका अवसरहरु पाइने गरेका छन् । केहीले सुतेरै पैसा कमाउँछन् भने केहीले उभिएरै ।

अब बिदेशमा यस्ता कर्मचारीको मागमा वृद्दि भइरहेको छ कि जसले घरको सफाइ राम्रोसँग गरुन् । तर त्यसका लागि रोजगारी दिनेहरुको शर्त भने अनौठो खालको छ । उनीहरुले सफाई गर्ने युवा अथवा युवती नाङ्गै हुनुपर्ने शर्त राख्ने गरेका छन् । यसको कारण भने थाहा हुन सकेको छैन ।

युरोपका केही मुलुकमा निर्वस्त्र भएर घरको सफाइ गर्ने कर्मचारीहरूको माग बढिरहेको छ । कतिपय कम्पनीहरूले निर्वस्त्र भएर सफाइ गर्न चाहने कर्मचारीहरूको आह्वान पनि गर्न थालेका छन् ।

गत वर्षको तुलनामा घर सफा गर्न लगाउने घरधनीहरूको स्वभावमा परिवर्तन समेत आउन थालेको छ । विगतका वर्षमा पातला युवतीहरू निर्वस्त्र भएर घर सफाइमा लागेकोमा अहिले घरधनीहरूले मोटाघाटा महिलाहरूको माग गर्न थालेका छन् ।

घरधनीहरू यस्ता सफाइ कर्मचारीलाई घण्टाको साढे ४ हजारदेखि साढे ६ हजार रुपैयाँसम्म तिर्न राजी छन् । पुरुष घरधनीहरू महिला कर्मचारी तथा महिला घरधनी पुरुष कर्मचारीलाई प्राथमिकता दिइरहेका छन् ।