नेकपाका प्रभावशाली युवा नेता याेगेश भटटराइ पछिल्लाे समय प्रधानमन्त्री केपी अेालीकाे विरूद्धमा कडा रूपमा वाेल्ने नेताकाे पंक्तिमा पर्दछन। ताप्लेजुङबाट चुनाव जितेका उनी पछिल्लाे पटक नेकपा अध्यक्ष पुष्पकमल दाहालसंगकाे बसउठमा देखिने गरेका थिए तर गत शुक्रवार प्रधानमन्त्री केपी अेाली र याेगेशकाे वार्तालाप भएपछि भने उनकाे बाेली बदलिएकाे छ।सरकारले पार्टीकै नेताहरूलाइ पनि विपक्षीकाे जस्ताे ब्यवहार गरेकाे,पार्टीमा दुश्मन खाेज्दै हिंडेकाे भन्दै उनले ओलिलाइ कडा प्रहार गरेका थिए तर शुक्रवारकाे भेटमा प्रधानमन्त्री अेालीले सिधै मन्त्रीकाे अफर गरेपछि भने उनी अलमलमा परेका छन।उनी मन्त्रीपरिषद पुर्नगठन हुदा अब मन्त्रीहुने नेताहरूकाे एक नम्वरकाे सुचीमा परेका छन।यसपछि काठमाण्डाैं बसे केही वाेल्नुपर्छ र यसले समस्या पार्छ भनेर उनी यस लगत्तै ताप्लेजुङ हिडेका छन।

तर याेगेशलाइ मन्त्री बनाउन जसरी केपीले काेशिश गरेका छन उसैगरि उनलाइ मन्त्री हुन नदिन उनका शुभचिन्तक पनि लागेका छन।उनलाइ पार्टीमा राम्राे साथ दिएका नेता,युवाहरूले यस मन्त्रीपरिषदमा जान हुन्न भनेर भन्न थालेका छन।तर,याेगेशले भने साथीहरूलाइ मन्त्री हुन्न भनेका छन भने प्रधानमन्त्रीलाइ मन्त्री खान्छु भनेर दाेहराे भुमिका खेलेका छन।अब उनी मन्त्री हुन्छन वा हुदैनन ?  वा अब कुन अध्यक्षको कित्तामा उभिएलान ? त्यो हेर्न केहि समय कुर्नुपर्ने छ।