अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद पुर्नगठन गर्ने भनेर सार्वजनिक कार्यक्रममा  बाेलेपछि प्रधानमन्त्री केपी अेालीलाइ रूष्ट बनाएकाे थियो । हुनत मन्त्रीपरिषद सम्वन्धी काम गर्ने अधिकार र जिम्मेवारी प्रधानमनत्रीकाे हाे।याे संविधानले पनि यहि भन्छ।ओलिले अध्यक्ष दाहालले किन यसाे बाेले भनेर किचन क्याविनेटमा छलफल समेत गरेका रहेछन। प्रधानमन्त्रीलाइ चिढयाउनकाे लागि जानीजानी दाहालले बाेलेको पुर्वएमाले खेमामा बुझाइ छ ।  दाहालले यसाे भनेपछि पुर्वएमाले खेमामा भने नया भुइचालाे गएकाे छ।र,पुर्वएमालकाे पछिल्लाे समय नेतृत्व गरेका इश्वर पाेखरेलले यसविचमा नया याेजना बनाएका छन।उनले बनाएकाे नया याेजना अनुसार,यदि प्रचण्डले उनकी वुहारी विना मगरलाइ मन्त्रीबाट हटाउन तयार भए भने मन्त्रीपरिषद विस्तार गर्ने अन्यथा गरिने छैन।

मन्त्रीपरिषदमा विवादमा परेकी र कम काम भएकाे मन्त्रालय विनाकाे नै हाे।

तर प्रचण्ड विना मगरलाइ मन्त्रालयबाट हटाउने पक्षमा छैनन । बरू उनी शक्ति वस्नेत र कृषिमन्त्री चक्रपाणि खनाललाइ हटाउत तयार भएका छन।पुर्वएमालेले भने प्रचण्ड वुहारी हटाउन तयार नभएसम्म मन्त्रीपरिषद अहिलेकै मन्त्रीहरूबाट काम चलाउने याेजना बनाएका छन।