नेकपा(क्रान्तिकारी) माओवादीका महासचिव मोहन बैधले राष्ट्रियता र नागरिकताको विषयमा नकारात्मक प्रभाब पर्ने गरी सरकारले आक्रमण गरेको बताएका छन ।

युवा लिग नेपालले शुक्रबार र्याली निकालेर कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरणले उद्घाटन गर्दै क्रान्तिकारी युवा लिग, नेपालले जारी गरेको प्रथम राष्ट्रिय सम्मेलनमा नेपाली नागरिकको कुनै चासो नदिएर सरकारलेनै क्रान्तिका लागि नागरीकलाई उक्साइरहेको उल्लेख गरे ।

आम नागरीकको अधिकार सुनिस्चित जब सम्म गरिदैन त्यतिबेला सम्म क्रान्ति नरोकिने र जनता पनि जनआन्दोलनगर्न बाट पछि नहट्ने बैद्यले बताए ।युवाहरु कुनै पनि हालतमा कमजोर नहुने बताउदै सरकारले भ्रष्ट भएर जनतालाइ धोका दिएकोमा बैद्यले आक्रोस पोखेका थिए।

संगठनमा आवद्द देशभरका आफ्ना कार्यकर्ताहरुलाई हेटौंडामा उतारेको कार्यक्रममा अमिर महर्जन प्रदेश तीनका पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, केन्द्रिय सदस्य इश्वर तिमलसीना, अखिल नेपाल ट्रेड युनियन अध्यक्ष लक्ष्मी मुडवरी, अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष हरी कृष्ण गजुरेल, केन्द्रिय सदस्य लगाएतको सहभागीता रहेको थियो भने सम्मेलन शनिबार केन्द्रिय कमिटी गठन गर्ने जनाएको हो ।