सरकार गठन भएकाे डेढ बर्षपछि मन्त्रीहरू हेरफेर गर्ने तयारी सरकारले गरेकाे छ।मन्त्रीपरिषदमा रहेकाे २४ जना सदस्य मध्ये राम्राे काम नगरेका र विवादमा परेका मन्त्रीलाइ हटाउने सरकारकाे तयारी छ।तर,अध्यक्ष तथा प्रधानमन्त्री केपी अेाली भन्दा पहिला नै अर्काे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रप्परिषद पुर्नगठन हुने बताए।

सरकारले समय समयमा मन्त्रीहरू हेरफेर गर्न सक्छ।तर,यसरी हेरफेर गर्दा कसलाइ गर्ने ?

जस्ताे,रवीन्द्र अधिकारीकाे निधन भएदेखि पर्यटन मन्त्रालय रिक्त छ।र,साे ठाउमा कसैलाइ जिम्मेवारी दिइएकाे छैन।यसकारणले पनि मन्त्रीपरिषदमा हेरफेर त जरूरी छ।

मन्त्रीपरिषद हेरफेर हुदा केही मन्त्रीहरूकाे काम राम्राे नभएकाे भन्दै दुवै अध्यक्षले हटाउने इशारा गर्न थालेका छन।यस इशारा अनुसार,पुर्वएमालेकाे तर्फबाट लालवावु पण्डित,पद्मा अर्याल र रघुवीर महासेठ हटाइने पात्रकाे रूपमा गन्न थालिएकाे छ।र,पुर्व माअेावादी पक्षबाट मात्रिका यादव,शक्ति बस्नेत र चक्रपाणि खनाललाइ हटाउने लगभग निश्चित छ।

तर,जनताकाे अाखामा विझाएका सञ्चार मन्त्री गाेकुल वास्काेटा जसलाइ हटाए हुन्थ्याे भनेर जनताले भनिरहेका छन,उनकाे हालत चाहि के हाेला ? स्राेतका अनुसार,अरू सवै मन्त्री हटाएपनि प्रधानमन्त्री केपी अेाली वास्काेटालाइ हटाउने पक्षमा छैनन।र,बजेट पास भएपछि मन्त्रीपरिषद पुर्नगठन हुन्छ तर वास्काेटाकाे भने राैं पनि नहल्लिने भएकाे छ।