काठमाडौं । रसुवाको गोसाइकुण्ड–२ मा निर्माणाधीन रसुवागढी जलविधुत आयोजनाको सुरुङभित्रै ठूलो सुख्खा पहिरो खस्दा १५ जना कामदार थुनिएका छन् ।

९ नेपाली र ६ चिनियाँ नागरिक सुरुङभित्र फसेका हुन् ।

बिहिबार साँझ नै सुख्खा पहिरो गएपनि आज (शुक्रबार) बिहानबाट मात्रै उद्दार शुरु गर्न लागिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले सुरुङभित्र फसेका मजदुरहरुको उद्दारका लागि सुरक्षाकर्मी जम्मा भएको र शुक्रबार बिहानदेखि मात्र उद्धार कार्यले तीब्रता लिने जानकारी दिए ।

घटनास्थलमा करिब २ दर्जन सुरक्षाकर्मी जम्मा भएका छन् ।