दोस्रो राष्ट्रिय कबित प्रतियोगितामा प्रथम हुन सफल संग्राम भन्छन, ुुराजधानिबाट कसारको डल्लो जस्तो देखिने रोल्पा त्यहा पुग्दा रसबरि जस्तो लाग्योू
एक महिना अघिमात्रै रोल्पाको सदरमुकाम लिवाङमा सम्पन्न भएको दोस्रो राष्ट्रिय कबिता प्रतियोगितामा प्रथम हुन सफल कबिता हो ूझोलामा देशू र उक्त कबिताका रचनाकार हुन मोहन संग्राम। देशको बर्तमान परिपेक्षमाथि ब्यंग्य गर्दै लेखिएको उक्त कबिता सुन्दा जो कोहिको शरिरमा पनि एक पटक अवस्य कांडा उम्रिन्छ। आफ्नो नामको पछाडि संग्राम जोडेका कबि मोहनका हरेक कबितामा बिद्रोहाको आभास पाइन्छ। त्यस्तै बिद्रोहावास बोकेको कबिता हो ूझोलामा देशू
देशब्यापि उत्कृष्ट १० कबिताहरुलाइ निमन्त्रणा दिदै रोल्पामा आयोजित उक्त प्रतियोगितामा पुगेका संग्रामले राजधानिबाट कसारको डल्लो जस्तो देखिने रोल्पा त्यहा पुग्दा रसबरि जस्तो लागेको बताएका छ्न। ूकाठमान्डौ बसेर चन्द्रागिरि पुग्दा एउटा गुरासको बोटसग सेल्फि खिच्न मन लाग्थ्यो। नेपालमा पाइने बत्तिस मध्य उनान्तिस जातिका गुरास रोल्पाको जल्जलामा देख्दा त स्वर्ग नै पुगे जस्तो भयो। ू उनले भने।
साहित्यमा रुचि राख्नेहरुलाइ राम्रो पुस्तकको छनोट गरेर मात्रै पढ्न सुझाव ्दिएका उनले एउटा असल लेखक र सुन्दर पुस्तकले समाज परिवर्तनमा मुख्य भुमिका खेल्ने पनि बताएका छन।

https://www.youtube.com/watch?v=i-YMQNuVf0Y&feature=youtu.be