अधिकांश अमेरिकनहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोश्रो कार्यकालको लागि पनि राष्ट्रपतिमा चुनाव जित्ने सिएनएनले गरेको सर्वेक्षणमा सार्वजनिक गरेको छ । एसएसआरएस द्वारा गरिएको सर्वेक्षणमा ट्रम्पले २०२० मा हुने निर्वाचनमा दोश्रो पटक पनि चुनाव जित्ने जनाएको छ ।

अर्थतन्त्रमा ज्यादै राम्रो र सकरात्मक देखिएता पनि अन्य थुप्रै बिषयमा नकारात्मक देखिएको समेत उल्लेख गरेको छ । ५४ प्रतिसतले २०२० मा ट्रंपले जित्ने भनेका छन् भने ४१ प्रतिसतले चुनावमा हार्ने उल्लेख गरेका छन् ।

गत बर्ष डिसेम्बरमा गरिएको सर्वेक्षणमा भने फरक रहेको र त्यस बेला ५१ प्रतिसतले दोश्रो पटकको लागि हार्ने भनि सर्वेक्षणमा बताएका थिए । सर्वेक्षणमा किन तपाईहरु ट्रम्पलाई मन पराउनु हुन्न भनि राखेको प्रश्नमा उनको ब्यबहारबाट त्यसो भनि उल्लेख गरेका छन् । ट्रम्पले १३ प्रतिसतले झुटो बोल्ने ,११ प्रतिसतले राष्ट्रपतिको लागि अयोग्यता, ७ प्रतिसतले राष्ट्रपति झैँ कार्य नगरेको र ७ प्रतिसतले आप्रवासन सम्बन्धि काम नगरेको सर्वेक्षणमा उत्तर दिएका छन् ।

२६ प्रतिसतले अमेरिकाको आर्थिक स्थिति मजबुत भएको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मन पराएको समेत सर्वेक्षणमा जनाइएको छ । १२ प्रतिसतले उनले प्रतिज्ञा र प्रतिबद्धता लागु गरेको र अन्य राष्ट्रपति भन्दा १२ प्रतिसतले राम्रो गरेको बताएका छन् । ५ प्रतिसतले सीमा नीतिमा राम्रो हुन् नसकेको मतदान गरेका छन् ।

१० मध्ये ७ जनाले देशको आर्थिक स्थिति राम्रो भएको सर्वेक्षणमा आफ्नो मत दिएका छन् । यसै गरि ट्रम्पको विदेश व्यापारको परिप्रेक्षमा ४१ प्रतिसतले स्वीकार गरेका छन् भने ४७ प्रतिसतले अस्विकार गरेका छन् ।

यसै गरि आप्रवासी तथा आप्रवासनको सन्दर्भमा ४१ प्रतिसतले ट्रम्पले राम्रो काम गरेको भनेका छन् भने ५४ प्रतिसतले राम्रो नगरेको भनि अस्विकार गरेका छन् । यसै गरि उत्तर कोरिया सम्बन्धि ट्रम्पले ४८ प्रतिसतले सकारात्मक भएको जनाएका छन् भने ४० प्रतिसतले नकारात्मक भनेका छन् ।

श्रोत; सिएनएन