अहिले नेकपामा सचिवालय वैठकमा कुनै सहमति नभइ याे विषय रस्साकस्सीपुर्ण हुनु दुइ अध्यक्ष विचकाे सम्वन्धमा तिक्तता नै प्रमुख कारण हाे।गत बर्ष पार्टी एकता हुदा दुइ अध्यक्षकाे विचमा पालैपालाे वैठक सन्चालन गर्ने,सहमतिमा काम गर्ने सहमति थियाे तर जब प्रधानमन्त्री अेाली छलफल नगरि एक्लै जब हिंडन थाले यसले अध्यक्ष प्रचण्डलाइ ठुलाे धक्का दिएकाे छ।नेकपा स्राेतका अनुसार,स्वयम प्रचण्डलाइ सामान्य जानकारी समेत नदिइ सरकारले नीति तथा कार्यक्रममा मेराे सरकार भन्ने शब्द नै राखेपछि यसले प्रचण्डलाइ झस्कायाे।यसकाे साथै,पालैपालाे पार्टीकाे वैठककाे अध्यक्षता गराउने भन्ने सहमति पनि यसबेलासम्म पालना भएकाे छैन।यसकाे साथै,पार्टीाे एकता समेत जानाजान ढिला गर्ने र यस मार्फत नै महाधिवेशन झन ढिला गर्ने चाल देखेपछि अेालीविरूद्ध प्रचण्ड खनिएका हुन।यसकारण नेकपा भित्रकाे विवाद अब सतहमा देखिन थालेकाे छ।नेकपाकाे सचिवालयकाे वैठकमा जिल्ला तहकाे इन्चार्ज र सह-इन्चार्जकाे जिम्मेवारी ताेक्न विधि तय गर्ने वेलामा सामान्य सहमति समेत नहुदा विवाद झन बढेकेा अनुमान छ।