नेपालको ७ नम्बर प्रदेश सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा भीषण हावा हुरी र बर्षा भएकाे छ।हावा र बर्षाले ठुलो क्षति गरेकाे अनुमान गरिएकाे छ।विहिवार साँझकाे हावा र हुरीले ठुलाे क्षति गरेकाे अनुमान गरिएपनि यसकाे यकिन विवरण भने आएकाे छैन।तर हावा र हुरीले सुदुरपश्चिमकाे यी ठाउँमा विजुलीकाे पाेल,टेलिफाेन अवरूद्ध भएकाे छ।हावा र हुरी साँझ साढे सात बजेपछि आएकाे हाे।सरकारले दिएकाे पछिल्लाे जानकारी अनुसार,हावा र हुरीले गर्दा कैयाैं मानिस घाइते भएका छन र उनीहरूकाे उपचार हुन थालेकाे छ।