प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि छुटयाइएको कुल २ अर्ब ३६ करोड रुपैयाको ब्यापक दुरुपयोग भएको तथ्य फेला परेको छ । सरकारले गरिब र वेरोजगार जनतालाइ रोजगारी दिन भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको थियो ।
यति ठुलो रकम र यति महान लक्ष्य राखेर तयार पारिएको कार्यक्रम कार्यकर्ता पोस्ने र वाहियात काममा खर्च गरेर रकम स्वाहा पार्ने परिपाटी विकास भएको छ । प्रधानन्त्री रोजगार कार्यक्रम भन्दै गुल्मीको छत्रकोट गाउँपालिकाले गरेको कामको फोटो सार्वजनिक भएपछि सरकारी धन कसरी खर्च हुदैछ भन्ने कुरा प्रष्ट भएको छ । गुल्मीको छत्रकोट गाउपालिकामा नेकपा जिल्ला अध्यक्ष मधुकृष्ण पन्त स्वयमले हातमा कोदालो लिएर कुलो सोहोर्दै गरेको देखिन्छ,जहा मुश्किलले ८ जना मानिस देखिन्छन । यो फोटो देखेपछि प्रधानमन्त्री रोजगारका कार्यक्रमको नाममा कस्ता ठाउमा पैसा खर्च हुदैछ भन्ने कुरा खुलेको छ ।