महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार बुढानिलकण्ठ नगरपालिका ४ सुकेधारास्थित ढलाने पुल नजिकैको एक सैलुनमा विस्फोट भएको हो ।

घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको जनाको मृत्यु  भयको र सनाखत हुन सकेको छैन  ।

त्यस्तै, अनामनगरमा पनि विष्फोट भएको खबर आएको छ । घटनाबारे बुझ्न प्रहरी त्यसतर्फ गएको सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यले जानकारी दिए ।