नेपाल सरकारले पछिल्लाे समय कुटनीतिक नियाेग र दुतावासलाइ जनतासंग प्रत्यक्ष सम्वाद नगर्न्,लगानी सिधै नगर्न र राजनीतिक र अन्य कुनै टिप्पणी नगर्न भनेपनी
अमेरिकी राजदुत रयान्डी बेरीले २२ सेकेण्डकाे भिडियाे सार्वजनिक गर्दै अब नेपाली जनतासंग सिधा सम्वाद गर्ने जानकारी गराएका छन ।
यस बारेमा नेपालमा यसकाे पक्ष र विपक्षमा मत बाझिन थालेकाे छ। कुटनीतिज्ञकाे काम कुटनीतिक सम्वन्ध सुधार गर्ने हाे तर किन जनतासंग सिधा सम्वाद गर्नुपर्यो भने प्रश्न आएपनि राजदुत वेरीले जनतासंग सिधा सम्वाद गरेपछि यसबाट जनताकाे समस्या वुझने,नेपालीकाे अवस्था थाह पाउन सकिने बताइएको छ।
राजदुत बेरीले राजदुतसंग गफगाफ भनेर स्तम्भ चलाएका छन। सामाजिक सञ्जाल टिवटर र चिटच्याट मार्फत राजदुत बेरीले नेपाली जनतासंग प्रत्यक्ष सम्वाद गर्न लागेका हुन। उनले दुतावासकाे ४ मिलियन फलाेअर्सलाइ निरन्तर सम्वाद गर्न समय अपुग भएकाे भन्दै प्रत्यक्ष सम्वाद गर्न लागेकाे जनाएका छन ।

एउटा कुटनीतिज्ञले नेपाली जनतासंग प्रत्यक्ष संवाद गर्ने भनेपछि अहिले नेपालमा यसलाइ लिएर मर्यादा उल्लंघन गरेकाे भन्दै हंगामा हुन थालेकाे छ।राजदुत भएर नेपालमा काम गर्न थालेदेखि नै राजदुत वेरीले अनेक खालका अर्न्तक्रिया गर्दै आएका छन ।