सरकारले थिंक टयांक भनेर गठन गरेकाे नीति अनुसन्धान प्रतिष्ठानबाट विद्धान समाजशास्त्री प्रा.डा.चैतन्य मिश्रले राजीनामा दिएका छन ।

राजीनामा पछि अब के सरकारलाइ विद्धानकाे साथ नचाहिएकाे हाे त ? भन्ने सवाल खडा भएकाे छ।याे प्रतिष्ठान सात महिना अघि गठन भएकाे थियाे र उनलाइ यसकाे संयाेजक बनाइएकाे थियाे ।

राजनीतिक सक्रमण सकिएर समृद्धिकाे पथ हामी हिंडछाैं भनेर प्रधानमन्त्री वारम्वार बताइरहेकाे बेलामा सरकारलाइ बाैद्धिक खुराक दिन भनेर गठन गरिएकाे नीति आयाेगबाट समाजशास्त्री चैतन्य मिश्रले नै राजीनामा दिएपछि राजनीतिकर्मीले विद्धानकाे भन्दा चाटुकारकाे मात्र आवश्यकता परेकाे हाे कि भनेर सवाल खडा भएकाे छ।

मिश्रकाे राजीनामा संगै बाैद्धिक जगत सरकारसंग खनिन थालेकाे छ।विद्वानहरूकाे आवश्यकता किन सरकारलाइ परेन ? र,विद्धानलाइ सरकारले किन देखि सहेन भनेर अहिले प्रश्न गर्न थालिएकाे छ। मिश्रले राजीनामा दिनुकाे कारण भने खुलाएका छैनन।