प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिेले आफ्ना धारणा राख्दा अत्यन्तै सालिन र विद्वतापूर्ण ढंगले तार्किक रुपमा राख्ने गर्नुहुन्छ । उहाँ सत्यलाई सत्य भन्ने हिम्मत राख्ने नेतामा पर्नुहुन्छ ।

उहाँले मंगलबार संसदमा यस्तै कुरा राख्नुभयो । विनियोजन विधेयकमाथिको छलफलमा भाग लिंदै सांसद गिरीले बजेट बनाउँदा अर्थशास्त्रीय सिद्धान्त र बहसतिरमात्रै लाग्दा मुलुक असफलतातिर जानसक्ने भन्दै यथार्थको धरातल हेर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो ओलीले १४ वर्षसम्म जेल बस्दा अध्ययन गरेकोले प्रधानमन्त्रीमा विद्वता भएको संसदमै बताउनुभएको थियो ।

त्यस्तै उहाँले अर्थमन्त्री डा. खतिवडाको विद्वताको चर्चा गर्दै राम्रो र समाजवाद उन्मुख बजेट आउने अपेक्षा गरेको बताउनुभयो ।

गिरिले विकासका मोडलबारे संसारभर बहस भइराखेको बताउँदै बजारको सर्वोच्चताले व्यक्ति र राज्यका बीचमा सम्पन्नताको खाल्डो झन् फराकिलो बनाउँदै लगेको बताउँदै यस विषयमा सरकारलाई प्राथमिकतामा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँको सुझाव थियो वृद्धिदर र उच्च समानता तथा सामाजिक न्याय सँगसँगै जान सक्दैन, प्राथमिकतामा स्पष्ट हुनुपर्छ । मुलुकको अवस्थालाई ध्यान दिएर प्राथमिकता निर्धारण गर्नुपर्छ अर्थशास्त्रीय सिद्धान्त र बहसतिर मात्रै लाग्न हुँदैन ।

उहाँको तर्क थियो विदेशमा पढेर आएका, पिएचडी गरेका तर नेपालको हकमा गहुँ र धानको फरक नबुझ्ने, प्याजलाई पानी चाहिन्छ ? चाहिँदैन ?? आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने कुरा भन्न नसक्ने मानिसहरू हाम्रो सरकारको पालामा मन्त्री भएको गुनासो गर्दै मुलुकको अवस्थालाई ध्यान दिएर प्राथमिकता निर्धारण गर्नुपर्ने सुझाव दिनसभयो ।

उहाँको जोड थियो “आत्मनिर्भर अर्थव्यवस्था बनाउन हाल लिदँै आएको अर्थ नीतिको वैकल्पिक धार समात्न सक्नुपर्छ, आर्थिक वृद्धिदर बढाउने मात्र होइन, समानता कायम गर्ने बजेट बनाउनुपर्छ ।”