प्रधानमन्त्री अेाली सभामुख महरासंग रिसाएका छन ।कारण हो प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पास गर्दा सदनमा बाेलेकाे निम्छराे भन्ने शब्द असंसदीय भन्दै सभामुख महराले रेकर्डबाट हटाइदिनु।नेपाली कांग्रेसले अेालीले बाेलेकाे शब्द मेटाउन दवाव दिएको थियो।तर वारम्वार सभामुख महराले पछि यसवारेमा निर्णय लिने बताएका थिए।अर्थात सभामुख महरा प्रधानमन्त्रीकाे सामुन्नेमा उनले बाेलेकाे शब्द असंदीय भयाे भनेर मेटाउन सक्ने हैसियत राख्दैन थिए।

सभामुखको याे कदम भए लगत्तै प्रधानमन्त्रीकाे तर्फबाट भने उनकाे सञ्चार सल्लाहका डा.कुन्दन अर्यालले भने कडा जवाफ दिएका छन।उनले भनेका छन-प्रधानमन्त्री ओलीले भन्नु भएको थियो: “प्रश्न, जिग्याँशाहरूका लागि धन्यवाद। आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरू वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु।” यो वाक्यांशलाई वा यसमा प्रयुक्त कुनै शब्दलाई किन र कसरी असंसदीय मान्नु पर्ने ठहर्याइयो? उपयुक्त जवाफ त चाहिन्छ नै।

यसकाे सिधा अर्थ हाे-अब प्रधानमन्त्रीले सभामुखसंग जवाफ माग्नेछन।