सरकारले सन् २०१९ भित्रै यो विमानस्थल निर्माण गरेर सञ्चालन गर्ने लक्ष्य लिएको छ । हालसम्म आयोजनाको धावनामार्गको अन्तिम चरणको कालोपत्रे हुँदैछ । अब ५ सय मिटर मात्रै बाँकी रहँदा निर्माण नै रोकिएको छ । तर, धावमानर्ग र जमिन व्यवस्थापनबाहेक अन्य काम भने  ठेकेदारले सुचारु राखेको छ ।

सरकारले समयमै सम्पन्न भैसकेको कामको भुक्तानी नदिएका कारण ठेकेदार कम्पनी नर्थवेष्ट युनाइटेडले आयोजनामा नगद प्रवाहको समस्या भएको भन्दै काम रोखेको हो ।ठेकदारलाई नेपाल नागरिक उड्डयन प्राधिरकणबाट दिनुपर्ने भुक्तानी भने समयमै दिइएको छ । एडीबी मार्फत गर्नुपर्ने करिब १० करोडभन्दा बढी भुक्तानी भने रोकिएको छ ।