सीतासँग बैवाहिक बन्धनमा बाँधिएको ५० बर्ष पुगेको उपलक्ष्यमा प्रचण्डले बैशाख २६ गते भब्य भोजसहितको कार्यक्रम आयोजना गरेका थिए । सुनकोटी स्थित १८ रोपनीमा फैलिएको भब्य बंगलामा अध्यक्ष प्रचण्डले ५० औं बर्षगाँठ मनाएका थिए । बर्षगाँठ आयोजना गरिएको बंगला एनसेल लाभकर प्रकरणसँग जोडिएका व्यवसायी निरजगोविन्द श्रेष्ठको रहेेेछ ।

ब्यापारी श्रेष्ठ एनसेलले सरकारलाई बुझाउन बाँकी ३१ अर्ब रुपैंयाँ भन्दा बढी पुँजीगत लाभकरसँग जोडिएका छन् । दाहालले ५०औं बैवाहिक बर्षगाँठ मनाइँरहँदा एनसेलको लाभकर र सत्तारुढ दलका अध्यक्षबीचको यो साइनोबारे सहभागीले आपसमा चर्चा गरेका थिए ।

राज्यलाई कर नतिरेको भन्दै जनस्तरबाट बहिस्कार अभियान सुरु भइरहेकै बेला सत्तारुढ (नेकपा)का अध्यक्ष र एनसेलको साइनोबारे आमजनतालेे कसरी बुझ्ने ?