चितवन,बैशाख २९  । नारायणगढमा जारी सीएमएस भरतपुर गोल्डकपमा  झापा ११ र च्यासल युथ क्लब भिड्दैछन्। आइतबार अपराह्न ४ बजेपछि हुने प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा यी २ टोली आमनेसामने हुनेछन्।

झापा ११ बाई पाएर सिधै क्वार्टरफाइनलमा पुगेको टिम हो भने च्यासल युथ क्लब पहिलो चरणको खेलमा विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । च्यासलले पहिलो चरणको खेलमा पुलिस क्लबलाई २ – १ गोल अन्तरले पराजित गरेको थियो ।

शनिवार भएको पहिलो क्वार्टरफाईनलमा आर्मिलाई पराजित गर्दै चितवन ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।  वैशाख २४ गतेदेखि नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगिता जेठ ४ गतेसम्म सञ्चालन हुनेछ। उपाधि विजेताले ६ लाख रुपैयाँसहित गोल्डकप तथा दोस्रो हुने टिमले नगद तीनलाख पुरस्कार पाउने छन्।