डिशहोमले लाइभ देखाउने गरि रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा यही बैशाख २८ गते आज एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसीपको आयोजना गर्ने भएको छ । ४५ लाख रुपैयाँ खर्च गरेर च्याम्पियनसीप गर्न लागेको हो ।

शुक्रबारको पत्रकार सम्मेलन अनुसार त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहने छ ।

नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् ।

त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् ।