कांग्रेस प्रवक्ताले सरकारका प्रवक्तालाइ कडा जवाफ दिदै अगाडि भनेका छन स्टालिनकाे ‘लाल सलाम’ भन्दा ‘जय नेपाल’ प्याराे छ नेपाली कांग्रेसले सम्वाेधनकाे क्रममा भन्ने गरेकाे जय नेपाल राजा महेन्द्रले लाेकतन्त्रमाथि कु गरेपछि प्रयाेग गरेकाे भन्दै सरकारका प्रवक्ता गाेकुल वास्काेटाले गम्भीर सवाल खडा गरे पछि यसकाे जवाफ कांग्रेस प्रबक्ताले पनि कडा रूपमा नै दिएका छन।

विहिवार गाेकुल वास्काेटाले खडा गरेकाे सवालकाे शुक्रवार उनले जवाफ दिएका हुन।उनले सामाजिक सञ्जाल देखि सार्वजनिक मिडियालाइ समेत जवाफ दिदै-स्टालिनकाे लाल सलाम भन्दा जय नेपाल नै प्याराे रहेकाे बताएका छन।नेपालमा कम्युनिष्ट नेताहरूले एक अर्काविच भेट हुदा वा कम्युनिष्ट नीति विचार अंगाल्दा लाल सलाम भन्ने गर्दछन।

याे शब्द सवैभन्दा पहिला शहिद शुक्रराज शास्त्रीले प्रयाेग गरेका हुन।उनलाइ राणा शासकले फासी दिन लाग्दा जय नेपाल भनेका थिए।यहि शब्दलाइ वीपीले पछि राणा विराेधी संघर्षमा प्रयाेग गरे।प्रवासमा बसेर संघर्ष गर्नुपर्ने कठिन दिनमा जय नेपाल भन्दा देशप्रति अपनत्व झल्कने र मातृभुमिमा केही गराैं भन्ने भावना पलाउने भएर उनले याे शब्द प्रयाेग गरेका थिए।