हामीलाई थाह छ कि-नेपाली कांग्रेसिले साथी साथी विच वा नेता नेता विच अभिवान गर्दा जय नेपाल भन्ने गर्दछ।त्यति मात्र होईन जय नेपाल भन्ने शब्द नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि प्रयाेग गर्दछ।कांग्रेसले राष्ट्रपतिले मेराे सरकार भनेकाे प्रति कडा विराेध जनाएपछि विहिवार सञ्चार मन्त्री गाेकुल वास्काेटाले नेपाली कांग्रेस माथि कडा प्रहार गर्दै जय नेपाल शब्दकाे उत्पतिकै सन्दर्भमा नया बहश गरेका छन।

कडा प्रतिवाद गर्न माहिर मन्त्री बास्काेटाले विहिवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजा महेन्द्रले वीपीकाे सरकार कु गरे पछि सम्वाेधनकाे अन्त्यमा जय नेपाल भनेका थिए,कांग्रेस अहिले पनि त्यही जय नेपाल भन्दैछ भनेर कडा प्रहार गरेका छन ।

उनले राजाले प्रयाेग गरेकाे शब्द किन प्रयाेग गरेकाे भनेर कांग्रेसलाइ सवाल गरेका छन । मन्त्री वास्काेटाले मेराे सरकार भन्नु राम्राे हाे भन्दै राष्ट्रपतिको वचाउ गरे।यदि मेराे सरकार राम्राे नभए शब्दकाेष बाट नै यसलाइ मेटने त ? उनले प्रश्न गरे।