राजनीतिमा स्थायी सत्रु हुँदैन भन्ने कुरा एमाले र माओवादी मिलेर देखाए र त्यसको सिको गर्दै डा.बाबुराम र उपेन्द्रको  पार्टी मिलेर समाजवादी दल बनेपछि नेपाली राजनीतिक बजारमा नयाँ बहशकाे विषय बन्न थालेकाे छ।सरकारमा रहेर
मधेस केन्द्रित राजनीति गर्दै आएको फाेरम र अब म कम्युनिष्ट राजनीति गर्दिन भनेर छुट्टीएका वावुराम भटटराइ एकसाथ मिलेका छन । राेचक कुरा के छ भने दुवै जना कुनै समय उतिबेलाकाे माओवादीमा संगसंगै थिए।

अर्को राेचक कुरो यो छ प्रचण्डसंग निकट सम्वन्ध रहेका उपेन्द्र यादव र प्रचण्डसंग हाल नमिठाे सम्वन्ध भएका बाबुराम विच एकता कसरी भयाे ? भन्ने सवाल पनि उतिकै महत्वपुर्ण रहेकाे छ।

महाधिवेशनकाे लागि जनकपुरमा सम्पुर्ण तयारी गरेर बसेका उपेन्द्र यादव अचानक बाबुरामसंग मिलेका मात्र छैनन,वावुरामलाइ पार्टीकाे पहिलाे कमाण्ड सुम्पेका पनि छन,जबकि उपेन्द्रकाे फाेरम भन्दा वावुरामकाे नया शक्ति सानाे र कमजाेर दल हाे।यति हुदाहुदै पनि महाधिवेशनकाे लागि जनकपुरकाे हलमा छिर्ने बेलामा अचानक महाधिवेशन राेकेर वावुरामसंग उपेन्द्र किन मिले त ?

यस्को उतर पाउन अबको केेेेहि हप्ता वा महिना अवस्य कुर्नुपर्ने छ। दुई पार्टी एकता भएपछि  – अब समाजवादी दल सरकारमा बसिरहला ? वा विपक्षी वेञ्चमा उत्रिएला ?