अग्निज्वाला ,काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालले दुई तिहाइको वर्तमान सरकारले जनतालाई झुटा सपना बाँडेको आरोप लगाए छन् ।

आइतबार नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले डुमरामा आयोजना आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले अहिलेको सरकारले नेपाली नागरिकलाई ऋणमा डुबाएर देशमा पानी जहाज र रेल चलाउने सपना बाँड्नुको औचित्य नरहेको बताएका छन् ।

सम्बोधनकै अवसरमा महामन्त्री डा. कोइरालाले नेपाली कांग्रेसको वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका खेल्न नसकेकाले अब नेतृत्व गर्न सक्ने एउटा प्रभावशाली पार्टी सभापतिको चयन गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु दीपक गिरी, राजेश आचार्य, आफताब आलम, प्रकाश घिमिरे अतहर कमाल, दीपकुमार उपाध्याय, सुरेन्द्रराज आचार्य, वजीह अरसद, सुधाकर पाण्डेय लगायतले सम्बोधन गरेका थिए ।