बाबुरामको त्यो भनाइले बादल भेट्न ज्ञानेन्द्रले दुत पठाए

माओवादी जनयुद्धका क्रममा तत्कालीन नेकपा माओवादी र शाही शासनको दोस्रो वार्ता ०५९ साल माघमा भएको थियो।
तत्कालीन नेकपा माओवादीले आफ्नो वार्ता टोलीको संयोजकमा डा बाबुराम भट्टराई र अन्य सदस्यहरुमा रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरुन र मातृका यादव थिए ।
र सरकारी वार्ता टोलीका तर्फबाट संयोजक बद्री प्रसाद मंडल थिए भने सदस्यहरुमा नारायणसिंह पुन, रमेशनाथ पाण्डेलगायत थिए ।
सो वार्ताका क्रममा बाबुरामले तत्कालीन राजा ज्ञानेन्द्र विरुद्ध संसदवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका थिए । बाबुरामको बोलेको भाषणले राजा ज्ञानेन्द्रले बाबुरामसँग  भेट्न मानेनन् । बरु त्यो बेला ज्ञानेन्द्रले आफ्ना दुतलाई बादलसँग भेट्न पठाएका थिए ।यो कुरा ज्ञानेन्द्रका अवकाश नीजि सचिवले आफ्नो आत्मवृतान्तमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×