ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयभन्दा ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

चिनियाँ कम्पनीका ढिलाइका कारण रु दुई अर्ब ४३ करोडमा निर्माण सम्पन्न हुने सो आयोजनाको निर्माणमा अहिलेसम्म रु चार अर्ब ६३ करोडभन्दा बढी खर्च भइसकेको छ । निर्माण कार्य सम्पन्न भएपछि आयोजनाले सुरुङको सफल परीक्षणसमेत गरेको आयोजनाका इञ्जिनीयर सुवास मिश्रले भने । कुलेखानी तेस्रोको ४ दशमलव २ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको छ ।

१४ मेगावाट क्षमता भएको कुलेखानी तेस्रोले तीन महीना भित्रमा नियमित विद्युत् उत्पादन गर्ने आयोजनाका इञ्जिनीयर मिश्रको भनाइ छ । विद्युत् गृहका टर्वाइन र जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणका जडान सम्पन्न गरी परीक्षण काम भइरहेको छ ।