काठमान्डौको मुटुमा रहेको खुलामञ्च तत्कालीन राजा महेन्द्रले मुलुकको विकासका लागि बहस गर्न खुलामञ्च बनाएका थिए ।

राजा-महाराजाहरुको शासन ब्यबस्थामा पनि नागरिकहरुको आवाज सुन्न यो थलो बनाइएको थियो ।बहुदलीय ब्यबस्था आएपछि पुराना राजतन्त्रात्मक ब्यबस्थाका बिरुद्द गणतन्त्रबादी नेताहरुले खबरदारी गर्ने थलोको रुपमा खुल्लामन्च नै प्रयोग हुँदै आयो । १९ दिने जनआन्दोलन देखि १० बर्षे जनयुद्दको विधिवत बिश्राम गर्ने थलो बन्यो खुल्लामन्च ।

जनयुद्दका १० बर्ष अघि देखि भूमिगत भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु पहिलो पटक खुल्लामन्चमा सार्बजानिक भएका थिए । खुलामञ्चले लोकतन्त्रबादी र गणतन्त्रबादी नेताहरुको व्यक्तिगत तथा राजनतिक हाई-प्रोफाइल बनाइदियो ।सिंहदरबारमा अबस्थित आजका गणत्रन्त्रबादी नेताहरु हिजो खुलामञ्चमा भएको बहस कै कारण सैद्दान्तिक हिसाबले यो ब्यबस्था फेरिएको हो ।

नागरिकहरुका विभिन्न असन्तुष्टिहरु पोख्ने र बिचार बिमर्श गर्ने खुल्ला थलोको रुपमा एतिहासिक महत्व बोकेको खुलामञ्च आज खुम्चिन बिबस छ । राज्यको फितलो ब्यबस्थापनको कारण खुल्लामञ्च ठेकेदारहरुको अतिक्रमणमा परेको छ ।

पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सले खुलामञ्चमा सटर बनाएर भाडामा लगाएको छ। भोकोपेट टार्न सडक ब्यापारीहरुलाई सास्ती दिने नगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर सटर बनाउदा समेत लाजै नमानी बेखर रहेको जनाइरहेको छ । स्थानीय प्रतिनिधिहरु पनि बेखबर रहेको बताई रहेका छन् ।

व्यवस्थापन निम्ति एउटा क्यान्टिन, यात्रु प्रतीक्षालय र शौचालय बनाउने अनुमति दिइएको भए पनि ठेकेदार कम्पनीले भने ५५ भन्दा बढी सटर बनाएर भाडामा दिएको छ।

रातारात खुलामञ्चका रुखहरु काटेर यति धेरै सटर निर्माण गर्दा समेत नगरपालिका के हेरेर बसेको थियो ? स्थानीय सरकार किन बेखबर बन्यो ? यो रहस्यमय बिषय छ ।

नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रतालाइ कुण्ठित गर्न निकै निर्मम बन्दै आएको कम्युनिष्ट सरकारले नै नियतबस खुलामञ्च मास्ने योजनामा लागेको बुझ्न सकिन्छ ।

नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता धरापमा पार्दै गैरहेको बेला खुलामञ्च मास्ने हर्कतलाइ सामान्य तरिकाले लिन सकिन्न । यहाँ राज्यबाटै कुटिल चलखेल भएको हुनुपर्छ । खुलामञ्च सिधै बन्धगर्न नैतिक दवाब हुनेभए पछि बसपार्क ब्यबस्थापनको नाममा ठेकेदारलाइ खुलामञ्च अतिक्रमण गर्न लगाएर गम्भीर षड्यन्त्र गरेको हुनुपर्छ ।

खुलामञ्च अतिक्रमण भएर सटरहरु बनेको घटना मिडियाहरुले प्रमुखताका साथ् प्रसारण गरेपछि अत्तालिएको स्थानीय सरकारले सटर भत्काउने अभिव्यक्ति दिएका छन् ।

स्मरणहोस्, यो देश कसैको व्यक्तिगत बिर्ता होइन । खुलामञ्च बन्द गर्नु नै नागरिकहरुको स्वतन्त्र अभिव्यक्ति बन्द गर्नु हो । यदि कुनै गणतन्त्रबादी दलहरुले खुलामञ्च मास्ने सपना देखेको छ भने सम्झनु आफु उभिएको धरातल नै आफै मेटाउन खोज्दै छ ।

जुन धरातलमा आज सरकार उभिएको छ, त्यसको वास्तविक धरातल कोर्ने खुल्लामन्च हो ।