आज अप्रिल २२ तारिख लेनिन को १४९ औँ जन्मजयन्ती, विश्वभरका कम्युनिष्टहरुले लेनीनलाई सम्झदै  लेनिन जयन्ती मनाउने गरेका छन् । लेनिनको वास्तविक नाम व्लादिमीर इलीइच उल्यानोव हो।

विश्वका महान् समाजवादी चिन्तक संगठक एवंम दार्शनिक लेनिनको जन्म १८७० अप्रिल २२ तारिखमा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदप्को किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ र माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो । २० औँ शताब्दिका विश्वका सबैभन्दा प्रभावशाली नेता हुन् लेनिन । उनकै नेतृत्वमा विश्वमा पहिलो पटक रुसमा सोभियत सत्ता अर्थात कम्युनिष्ट सत्ताको स्थापना भएको थियो । लेनिन एक कुशल संगठक मात्र थिएनन्, एउटा राम्रो सिद्धान्तकार पनि थिए ।

माक्र्सवादमा थप योगदान दिदैँ माक्र्सवादको तीनवटै संगठक अङ्गमा लेनिनले योगदान दिएका छन् । दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादमा लेनिनले पुर्याएको योगदानलाई लेनिनवादको रुपमा संश्लेषण गरिएको छ । लेनिनले सन् १९१७ मा रुसको सत्ता आफ्नो हातमा लिएपछि युद्धसमाजवादी अर्थनीति अपनाए भने सन् १९२२ मा नयाँ आर्थिक नीति (नेप) ल्याए । रुसमा मानवजातीले पहिलो पटक शोषणरहित समाजवादी राज्यव्यवस्था स्थापना गर्यो । जुन लेनिनकै नेतृत्वमा सम्भव भएको थियो । सन् १९२२ मा एउटा कार्यक्रममा सहभागि हुँदा लेनिनमाथि गोली प्रहार भएको थियो । त्यसपछि झण्डै २ वर्ष विरामी अवस्थामा रहेका लेनिनको सन् १९२४ मा ५४ वर्षको उमेरमा निधन भएको थियो । लेनिनको श्रीमती क्रुप्सकाय हुन् । उनीहरुको सन्तान भने भएको थिएन ।  तेस्रो अन्तर्राष्ट्रिय गठनमा महत्वपूर्ण योगदान दिएका लेनिन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नेता समेत हुन् ।

उनीले सोभियत कम्युनिष्ट पार्टी मार्फत अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सहयोग पुर्याउने नीति लिए । जसको फलस्वरुप उनको मृत्युपछि झण्डै आधा विश्वमा कम्युनिष्ट पार्टीको शासन चल्यो । लेनिनले स्थापना गरेको सोभियत संघ र कम्युनिष्ट पार्टी सोभियत संघमा १९९० मा विघटित भयो । यद्धपी आजपनि विश्वभर माक्र्सवाद र लेनिनवाद प्रति आस्था राख्नेहरुले लेनिनलाई उच्च सम्मानका साथ सम्झने गरेका छन् ।

नेपालमा पनि २ पृथक धाराका रुपमा विकसित एमाले र माओवादीबीच एकताको अभियान आजै

कम्युनिष्ट आन्दोलनमा २ पृथक धाराका रुपमा विकसित एमाले र माओवादीबीच २०७४ असोज १७ गते चामत्कारिक रुपमा गठबन्धन भयो। संघीय निर्वाचनमा दुवै पार्टी संयुक्त उम्मेदवार र घोषणापत्र बनाएर अघि बढे। २०७४ मंसीर १० र २१ मा सम्पन्न निर्वाचनमा वामपन्थी दलले झण्डै २ तिहाई जनमत हासिल गरे। त्यसपछि २०७४ फागुनमा केपी शर्मा ओलीको नेतृत्वमा वामपन्थी सरकार बन्यो।

२०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकताको घोषणा भयो। ४४१ सदस्यीय एकीकृत केन्द्रीय समिति बनाइयो। त्यसपछि पार्टी एकतालाई तल्लो तहसम्म सम्पन्न गर्न विभिन्न समिति र कार्यदल बने। २०७६ वैशाख ९ गतेसम्म आइपुग्दा दुवै पार्टीको एकता अन्तिम चरणमा पुगेको छ।

नेकपाका अतिरिक्त नेपालमा केही वामपन्थी दलहरु छन्, जसमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादी, सीपी मैनालीको माले, नारायणमान बिजुक्छेको नेमकिपा, मोहनविक्रम सिंहको नेकपा मसाल लगायतका दलहरु पनि राजनीतिक आन्दोलनमा सक्रिय छन्। त्यसमध्ये विप्लव नेतृत्वको नेकपा हिंसापूर्ण क्रान्तिकै माध्यमबाट आमूल परिवर्तनको एजेण्डामा छ।