काठमाडौं– आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले आज बन्दको आह्वान गरेको छ । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज राजधानीसहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।राजधानीमा सार्वजनिक सवारी साधन कम चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने लामो तथा छोटो सवारी साधन पनि प्रभावित बनेका छन् ।विप्लव समूहको बन्दका कारण कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द हुने जनाएको छ ।

यी ठाउँमा भए बम विस्फोट

१. लुम्बिनीको प्रभावक्षेत्र रुपन्देहीमा ३ ठाउँमा विस्फोट भएको जनाइएको छ । बिहान ३ बजेतिर सैनामैनामा ठूलो आवाजसहित विस्फोट भयो, तेस्तै देवदहको धकधैइमा पनि बिहान ४ः३० बजेतिर ठूलो आवाज सहित विस्फोट भएको एक स्थानीयले बताएका छन् ।

२. भैरहवाबाट बुटवल तर्फ जाँदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ।

३. रुपन्देहीको कोटीहवा नजीकै बम भेटीएर आर्मीको टोली द्वारा डीस्पोज गरेको सुचना प्राप्त भएको छ ।

४. पाल्पाको रिब्दिकोट गाउँपालिकाको कार्यालयमा पनि बम विस्फोट भएको समाचार छ ! विस्फोटले गाउपालिका भवनमा क्षति पुगेको छ ।

५. हिजै चौधरी उद्योगमा बम विस्फोट भएको नवलपरासी सुस्ता पुर्बमा पनि ठाउँठाउँमा बम फेला परेका छ्न् । बेल्डिया र रजहरको पुलनजिकै बम फेला परेको प्रहरीले जनाएको छ, डिस्पोजल टोलिले देखिएका बमहरु निस्कृय पारिरहेको छ ।

६. पोखराको जिरो किमी नजिक टेपले बेरिएको शंकास्पद बस्तु फेला परेको समाचार प्राप्त भएको छ ।

७. सर्लाहीको विभिन्न ठाउँमा बम फेला तथा पूर्वृपश्चिम राजमार्ग अवरुद्ध भएको समाचार प्राप्त भएको छ । सर्लाहीको लालबन्दीको फुलन्जर पुलमा सकास्मत बस्तु फेला परेको छ ।