काठमाडाैं । अज्ञात समुहद्वारा नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट भएको हो ।बम कसले पड्काएको हो भन्ने कुराको एकीन जानकारी आइनसकेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले भने, बोलतमा बारुद भरेर उद्योग भित्र फालिएको रहेछ । बोलत पड्केर ठूलो आवाज आएपनि उद्योगमा कुने क्षति भएको छैन् ।

यद्यपी बम विस्फोट प्रतिबन्धित नेकपाले गरेको हुन सक्ने आशंका गरिएको सुरक्षा अधिकराीले जनाएका छन् । विप्लव नेतृत्वको नेकपाले भोली बिहिबार ५ गते नेपाल बन्दको आयोजना गरेको छ भने, बन्द सफल पार्नका लागि त्रास फैलाउन बम विस्फोटन गराइएको हुन सक्ने सुरक्षाकर्मिको ठहर छ ।