बैशाख भन्सारमा वस्तुका आधारमा भन्सार मूल्य तय गर्न दररेट बनेको हुन्छ । हरेक वर्ष नयाँ बजेटमा आउने यो सामान्य विषय हो । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम छ । त्यो कुनै भित्तामा त टाँसिएको छैन । तर कर्मचारी र एजेन्टलाई कण्ठै छ ।

भैरहवा भन्सार नजिकै सानो गल्लीभित्र रहेको भन्सार एजेन्टको अड्डामा पुग्दा घुसको दररेट फेला पर्‍यो । ती एजेन्टका अनुसार प्रत्येक गाडी पास हुंदा औसतमा १५ सय कर्मचारीको हातमा राखिदिनुपर्छ । भैरहवा भन्सारबाट दैनिक करिब साढे पाँच सय मालवाहक गाडी मुलुकमा भित्रिन्छन् । यो दररेटले भैरहवा भन्सारमा दैनिक सवा आठ लाखको घुस कारोबार हुन्छ । वर्षमा ३० करोडभन्दा बढी । यो कारोबारमा भन्सार छल्ने चलखेलका ठूला योजना र यात्रु कक्षको कारोबार जोडिँदैन । कसले बुझ्छ त यति धेरै घुस रु ती एजेन्टले निर्धक्क भने– ‘पिउनदेखि मन्त्रीसम्म ।’

‘अरू ठूला घटनाको त मालअनुसार मोलतोल गर्ने हो, व्यापारीलाई धेरै नाफा हुने रहेछ भने त्यसअनुसारकै रकम भुक्तानी हुन्छ,’ ती एजेन्टले भने । यात्रु कक्ष भनेको साइकल, साना गाडी, झोलामा ल्याइएका सामानको भन्सार गर्ने स्थान हो । त्यहाँ भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमतिपत्रसमेत दिइन्छ । जुन मूल भन्सारको राजस्वको नगण्य प्रतिशत हुन्छ । भैरहवा भन्सारका प्रमुख कमलकुमार भट्टराईका अनुसार यसले राजस्व संकलनमा खास प्रभाव राख्दैन ।

तर यो सबैभन्दा घुसको कारोबार हुने स्थान हो । ‘।।।भन्दा देख्नेलाई लाज’ भनेजस्तै यहाँ खुलमखुला घुसको बार्गेनिङ हुन्छ । सीसीटीभीकै अगाडि घुस लेनदेन हुन्छ । कम मूल्यांकन गरिदिएबापत कर्मचारीले खल्ती भर्ने काम यही स्थानमा हुन्छ ।

भन्सारमा जे देखियो

भैरहवा भन्सार कार्यालय । शनिबार बिहान ठिक १० बजे ९भन्सार शनिबार पनि खुला हुन्छ० । अन्नपूर्णको टोली अड्डामा पुग्दा कार्यालयमा सेवाग्राही आइसकेका थिए । तर अधिकांश कर्मचारीको कुर्सी खाली थियो । कोठामा बत्ती बलिरहेका थिए भने पंखा फनफनी घुमिरहेका थिए । सेवा लिन आएका मोहन भुसाल कर्मचारीको पर्खाइमा थिए । चीनबाट आयात गर्र्न थालिएको स्टेसनरी सामग्रीको भन्सार गराउन उनी कागजपत्र बोकेर मूल ढोकामै उभिएका थिए ।

सेवाग्राही भनेको त उनी भन्सार एजेन्टका प्रतिनिधि रहेछन् । भन्सार कार्यालयमा करिब सबै काम एजेन्टमार्फत हुन्छ । दैनिक काम गराउन उनी कार्यालयमा आउँछन् । उनले एजेन्ट प्रतिनिधिका रूपमा काम गर्न थालेको ११ महिना भयो । उनी भन्सार विश्वासमा चलेको बताउँछन् । ‘हामीले जुन कागज ल्याउँछौं, त्यही सदर हुन्छ,’ उनले भने ।

१० बजेर २० मिनेट गयो । भन्सार अधिकृतको कक्ष, प्रशासन, लेखा, मुद्दा, आसीकुँडा, फाराम, मूल्यांकन, महसुल, वर्गीकरण तथा बेरुजुलगायत अधिकांश शाखामा कर्मचारी आएका थिएनन् । कुनै शाखाको ढोका खुला थियो भने कर्मचारीको कुर्सी खाली थियो । कुनैको भने ढोकै बन्द थियो ।

भैरहवा भन्सार कार्यालय ।

भन्सार अधिकृतको कार्यकक्षमा ठूलो स्वरमा टिकटक चलाउँदै गरेका एक युवक थिए, उनी पनि कर्मचारी कुर्दै थिए । ‘कहिल्यै समयमा कर्मचारी आउँदैनन्,’ उनले भने । उनी पनि एजेन्टकै प्रतिनिधि थिए । उनी आलुप्याजको भन्सार गराउन आएका रहेछन् । सत्यसाई क्लियरिङ ऐजन्सीका उनका अर्का साथी पनि भन्सार फाराम लिएर त्यहीं आइपुगे । ‘फारम रेडी छ, आलुप्याज कुहिन्छ भनेर सुरुमै आएको त यस्तो रहेछ,’ उनले भने ।

सोही समयमा एक कर्मचारी हतारमा आए । होलिडे कस्टम क्लियरेन्स सेवाका प्रतिनिधिले कर्मचारीलाई नमस्ते गरे । उताबाट जबाफ आयो, ‘नमस्ते ।’ हाम्रो छेउमा रहेका एजेन्ट प्रतिनधीले सुनाए, ‘उहाँ नै हो यहाँको इन्चार्ज ।’ जसरी हतारमा कर्मचारी कक्षमा आएका थिए उही रफ्तारमा उनी एउटा कागज लिएर गए । उनकै पछिपछि एकजना एजेन्ट प्रतिनिधि पनि लागे । एजेन्ट प्रतिनिधिले भन्दै थिए, ‘हेर्नुभयो, ध्यानै दिन्नन् । उहाँ यहाँ बस्नुपर्ने हो । तर अब हामी उहाँको पछिपछि लागेर काम गराउनुपर्छ ।’

यस्तै भन्सार एजेन्टका रुपमा आधिकारिक कुनै फर्म दर्ता नगरी काम गर्ने यहाँ थुप्रै छन् । भन्सार अधिकृतको कक्षमा एकजना यस्तै व्यक्ति भेटिए, पुष्पकुमार राई ९राई कान्छो० । उनको फर्म छैन । उनले महिनामा एक÷दुई वटा काम गराउने गरेको बताए । उनी पुराना एजेन्ट प्रतिनिधि हुन् । कर्मचारीसँग सेटिङ मिलाउन सक्ने भएकाले केही एजेन्टले उनलाई काम दिन्छन् । भारतीय दूतावासको केही सामानको भन्सारका लागि उनी कार्यालयमा पुगेका थिए । उनी सञ्जयकुमार शर्माको सञ्जय किलियरिङमा काम गर्छन् । उनलाई कर्मचारीले नसुहाउने गरी घुस लिएकोमा चिन्ता छ । ‘नाफाको २५ प्रतिशतसम्म घुस खुवाउनुपर्छ’, उनले भने, ‘रकम त नभनौं सर ।’

साइकलमा आउने वस्तुको भन्सार गराउन रोकिएका सामान ।

१०ः३० बजे एक भन्सार अधिकृत कक्षमा आए । सेवाग्राहीको भीड लागिसकेको थियो । उनले कुर्सीमा बसेर काम सुरु गरे । राई कान्छाको फाराम हेर्दै उनले सोधे, ‘विदेशी सामान छ कि छैन रु ’ जबाफ आयो, ‘छैन ।’ उनले सही गरेर पठाइदिए ।

अर्को फाराममा ती अधिृकतले भने, ‘३० किलो कम नगर, नत्र यहाँ मिलेर खाए भन्छन् ।’ एजेन्टका प्रतिनिधिले भन्सारमा छाप लगाउने काम आफंै गरिरहेको देखिन्थ्यो । लेखा शाखामा एजेन्ट प्रतिनिधिले भन्सार कार्यालयको छाप कागजपत्रमा लगाउँदै थिए । ‘कर्मचारीलाई लगाइदिन भन्दा आफैं लगाए छिटो हुन्छ,’ ती प्रतिनिधिले भने ।

११ बज्यो । एक नम्बर र दुई नम्बर दुवै गोदाममा कर्मचारी पुगेका थिएनन् । ट्रकबाट केही कामदारले सामान झार्दै थिए । दुई नम्बर गोदामका कामदारका अनुसार दिनमा खुद्रा साम्रगीका १२÷१५ वटा गाडी जाँच हुन्छन् । यहाँ जुन गाडीबाट सामान झार्‍यो त्यही गाडीमा लोड भएर जान्छ । एक नम्बर गोदाममा एउटा गाडीबाट सामान झारेर अर्कै गाडीमा लोड गरिन्छ । ‘कहिले धेरै सामान खोलेर हेर्छन् । कहिले ‘ठिक छ नि’ भन्दै सोध्दै सही धस्काएर पठाइदिन्छन्’, एक कामदारले भने । यही सामान जाँचकै क्रममा सबैभन्दा बढी लेनदेन हुन्छ । अधिकांश व्यापारी सामान ट्रकबाट झार्न नपरोस् भन्दै कर्मचारीलाई पैसा दिन्छन् । घुस लिएपछि कर्मचारीले जाँचै नगरी सामान पठाउँछन् ।

दलालको बिगबिगी

सीमादेखि भैरहवा बजारसम्म आउन निःशुल्क रूपमा सुविधापत्र उपलब्ध गराइन्छ । तर त्यसमा पनि कर्मचारीले असुली गर्छन् । भारतीय कार लिएर भैरहवा बजारसम्म जान भारतबाट आएका एक जना पर्यटकलाई दलालले सुविधापत्र बनाइदिन्छु भन्दै ल्याएका रहेछन् । ५० भारु लिएर ती दलालले सुविधापत्र बनाए । २० भारु कर्मचारीलाई दिए र ३० भारु आफूले राखे । अन्नपूर्णकर्मीले निःशुल्क उपलब्ध हुने सुविधापत्रमा किन रकम लिएको भन्ने प्रश्नमा ती दलाल ९सोमनाथ तिवारी० ले सुविधापत्र लिँदा पैसा बुझाउनैपर्ने भएकाले रकम लिएको बताए । आजको अन्नपूर्णमा खबर छ