सरकारले विप्लव नेकपाको गतिविधी माथि प्रतिवन्ध लगाएको छ । तर विप्लव नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकलाई सरकारले प्रवल जनसेवा श्री पदकबाट सम्मानित गरेको छ ।

बैशाख १ गते राष्ट्रपति भवन सितलनिवासमा आयोजीत विशेष समारोह विच राष्ट्रपतिविधादेवी भण्डारीले पाठकलाई उक्त पदकबाट विभुषित गरेकी हुन् ।

विप्लव नेकपा निकट शिक्षक संगठनकै कतिपय जिल्ला अध्यक्षहरुलाई प्रहरीले पक्राउ गरिरहेको अवस्थामा सोही संगठनका केन्द्रिय अध्यक्ष भने सरकारको उच्च सम्मान प्राप्त गर्न सफल भएका छन् ।