झापा : सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएर दमन गरिरंहदा झापामा भने सरकारको नेतृत्व गरिरहेको अर्को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नक्कली कम्युनिस्ट पार्टिको आरोप लगाउदै झापाबाट २२ जना नेता कार्यकर्ताले विप्लवलाई साथ दिएर अघि बढ्ने भन्दै पार्टी प्रवेश गरेका छन् । पुर्व माओवादी केन्द्र र पुर्व एमालेका नेताकार्यकर्ताहरु नेकपामा प्रवेश गर्दै क्रान्तिको अधुरो अबिभारा पूरा गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

प्रवेश गर्नेहरुमा पुर्व माकेका केन्द्रीय सदस्य टीका पोख्रेलले पार्टी आन्दोलनमा पुर्णकालिन भएरै लाग्ने भन्दै पार्टी प्रवेश गरेका छन् । पुर्व एमालेका युवा संघका केन्द्रीय सदस्य कुमार सर्माले केही समय पछि खुलेर पुर्णकालिन भएरै काम गर्ने बताए ।

यस्तो छ सयुक्त विज्ञप्ती–

“कम्युनिस्ट” भन्ने महान शब्दको बदनाम गर्दै हिजोका क्रान्ती नायकहरु बाटै लुट भ्रस्टाचारको ठूलो चांङ्ग खडा गरिएको , देशका ठुला नदिहरु कमिसनको खेलमा बिदेशी प्रभुलाइ कौडिको भाउमा सुम्पिरहेको, देशकै सौदाबाजी गर्ने गरि बिदेशिहरुलाइ नागरिकता प्रदान गरेको मात्र नभै सरकारी जमिन समेत दलाल र बिचौलियाहरु मार्फत बेचेर खान थालेको र नेपाली जनताले बलिदानको उच्चतम किर्तिमान खडा गर्दै सिमित उपलब्धि हरुको समेत अपहरण गर्दै फेरिपनी राज्य दमन र जनतामा आंतक मच्चाइरहेको साथै नेपाली जनता र रास्ट्रको पक्षमा आवाज उठाउने भ्रस्टाचारको बिरुद्धमा संघर्षरत जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टि माथी प्रतिबन्ध लगाउने कार्य गरिरहेको हुनाले यो अवस्थामा हामी शासक बर्गको पक्षमा नभै देश र जनताकै पक्षमा उभिनुको बिकल्प नै नरहेको हुंदा उक्त दलाल र भ्रस्टहरुको नक्कली कम्युनिस्ट पार्टी परित्याग गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने महान उदेश्य बोकेर संघर्षरत नेपाली श्रमिक तथा देशभक्त नागरिकहरुको पार्टी नेपाल कम्युनिस्ट पार्टिमा समाहित भएको कुरा यसै बक्तब्य मार्फत सगौरव घोसणा गर्दछौं । साथै नेपाल र नेपालीलाई माया गर्ने तमाम इमान्दार क्रान्तिकारी नेता तथा कार्यकर्ता कामरेडहरुलाइ भ्रम मुक्त रंहदै दलाल भ्रस्टहरुको पक्षपोसक नक्कली कम्युनिस्ट पार्टिबाट बिद्रोह गर्दै क्रान्तिकारी ध्रुबिकरणको प्रकृयामा अघि बढ्न समेत अपिल गर्दछौं ।

सके देश र जनताको पक्षमा दृढता पुर्वक उभिन र यदि त्यसो गर्न सम्भव नभएमा दलाल पुंजिपती शासक बर्गको मतियार नबन्नु हुन समेत हामी यसै बिग्यप्ती मार्फत अपिल गर्दछौं । क्रान्तिकारी अभिवादन सहित !

१ टीका पोख्रेल ( पुर्व माके- के. आ. स.) २ कुमार सर्मा ( पुर्व एमाले युवा संग के.स.) ३.बिमल ( पुर्व माके जिल्ला सदस्य) ४. अग्नि ( पुर्व माके जि स) ५. सन्तोस ६. सरोज ७. सुधिर ८. मुना ९. समीर १०. श्याम ११. निर्मला १२. सरल १३. अभिषेक  १४. जितेन्द्र १५. चेतन १६. भानुभक्त १७. अमर १८. राजु १९. सुजन २०. सुरज २१. सौगात २२. भिम