भारतले लगाएको नाकाबन्दीमा ओलि लाई समर्थन गर्दै  कालाबजारी र भारतको विरुद्ध लड्ने ‘ज्वाला’ पक्राउ परेका छ्न । फरक बिचार राखेको कारण उनी पक्राउ परेका  बुझिन्छ ।
मकवानपुरमा नाकाबन्दीको समयमा कालाबजारी गर्दै ग्यास र पेट्रोल काठमाडौ लादै गर्दा बसामाडीमा रोकेर ग्यास पेट्रोल नियन्त्रणमा लिएर स्थानीयलाई बाढ्ने नेपाल कम्युनिस्ट पार्टी विप्लव मकवानपुरका इन्चार्ज ‘ज्वाला’ पक्राउ परेका हुन ।
उनलाई हेटौडा १५ फारलाइन बाट राति ९ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी मुकेश कुमार सिंहले बताए  ।ग्यास पेट्रोल नियन्त्रणमा लिएर
बाढ्यकोले मकवानपुर प्रहरीले ज्वाला विरुद्ध डाका मुद्दा लगाएको थियो अदालतले भने उनलाई सर-सम्मान छाड्न आदेश दिए पछी ४५ दिन पश्चात् जेल मुक्त भएका थिए ।

विहिबार पार्टीको काममा मोटरसाइकलमा सवार रहेका ज्वालासहित अर्का एक जनालाई पनि पक्राउ गरेको प्रहरीको भनाइ छ । तर प्रहरीले पक्राउ गरेकोहरुको बारेमा अनुसन्धान भइरहेको कारण थप जानकारी दिन नमिल्ने बताएका छन ।

विप्लव मकवानपुरका उच्च स्थरीय नेताहरु सरकारले प्रतिबन्ध लगाए संगै भुमिगत रूपमा आफ्नो गतिविधि गरिरहेको प्रदेश प्रहरी कार्यलयका प्रहरी श्रोतको भनाइ छ । 

सूचना नबाहिरियोस भनेर प्रदेश प्रहरी कार्यलयका सिविल प्रहरी अन्य प्रहरी विटका प्रहरी संग बिना सहकार्य विप्लवका नेता कार्यकर्तामाथि निगरानी गरिरहेका छ्न ।