नेपालमा अस्थिरता ल्याउन तराईलाई थलो बनाइन्छ । त्यस्तै अहिले डा.सीके राउत मुलधारको राजनीतिमा आएपछि उनी विरुद्ध मधेशवादी दलका नेताहरुले षड्यन्त्रण गर्न थालेका छन्।

स्वतन्त्र मधेश गठबन्धनमार्फत स्वतन्त्र मधेशको माग उठाउँदा पनि मधेशवादी दलका नेताहरुले डा.राउतको आलोचना गर्दै आएका थिए। डा.राउत अहिले जनमत पार्टी गठन गरेर खुल्ला राजनीतिमा आउँदा उनी विरुद्ध षड्यन्त्र गर्ने कार्य सुरु भएको छ।

स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमतिको आलोचना गरेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सरकारमा रहेका संघीय समाजवादी फोरम नेपालले डा.राउतलाई मुलधारको राजनीतिबाट विस्थापित गर्न षड्यन्त्र गरेका छन्।

राजपा र फोरमले आ–आफ्नो कार्यकर्ताहरुलाई दिन थालेको प्रशिक्षणमा डा.राउत विरुद्ध उत्रिन आह्वान गर्दैछन्। राजपा र फोरमले आफ्नो प्रमुख सत्रुको रुपमा डा.राउतलाई लिएका छन्।

राजपा र फोरमका नेताहरुको पछिल्लो गतिविधिलाई आधार मान्ने हो भने डा.राउत भर्सेज अरु मधेसबादी दल भएको बुझिन्छ । यिनिहरुको विवादले तराईमा जयकृष्ण गोइतको चर्चा चलेकोछ। र राजपाले डा.राउत कम्जोर  बनाउन गोइतलाई समातेका छन।

बन्दुकको बलमा स्वतन्त्र मधेश स्थापना गर्ने अभियान चलाएका जयकृष्ण गोइतलाई राजपाका नेताहरुले चर्चामा ल्याउन थालेका छन्। २०६१ सालमा माओवादीबाट अलग भएर सशस्त्र संघर्षमार्फत गोइतले स्वतन्त्र मधेशको अभियान थालेका थिए।

तर, उनको अभियानमा सयौं मधेशी युवाहरु मारिएका छन्। पछिल्लो समय नेता गोइत सिथिल अवस्थामा बसेका छन्। उनलाई चर्चामा ल्याउने प्रयास राजपाका नेताहरुले गरेका छन्।

मधेशमा पुनः हिंसा मचाउन राजपाले सशस्त्र आन्दोलनकारीलाई उचालेको विश्लेषकहरु भन्छन्।

गोइतलाई चर्चामा ल्याउँदा जनमत पार्टीका युवाहरु गोइततर्फ आकर्षित हुने अनुमान राजपाका नेताहरुको रहेको छ।

राजपाले गोइतलाई चर्चामा ल्याउँदा मधेशमा पुनः हिंसा भड्काउन सकिने छ भने डा.सीके राउतलाई छाँयामा पार्न सकिने उनीहरुको अनुमान रहेको छ।