मित्र प्रसाद पाण्डे -कालिकोट  खाँडाचक्र नगरपालिका ३ कि कृष्नाकला पाण्डे उमेरले ८३ वर्ष पुगि सकिन । ८३ वर्षको उमेर पुगेकाले सामान्य त मिठो खाना, न्यानो कपडा र कमलो वचनको अवश्यकता महशुस गर्छन् । तर, उनलाई मिठो मसिनोको लोभ छैन । आफनो समाजको लागि भन्दै आफनो नाममा रहेको एक हजार चारसय ३५ वर्गमिटर जग्गा विद्यायलयको नाममा निशुल्क दान गरेकि छिन् ।

३ छोरा र दुई छोरी पाँच सन्तानकी आमा अहिले पनि जमिनको भरमा कुटोकोदालो गर्दै दैनिकी धान्दै छिन् । ३ छोरा को ८ नाति र ५ नतिनी कि धनी सरकारी मुल्याकन अनुसार १५ लाख रुपैयाँ पर्ने आफ्नो नाममा रहेको जग्गा कालिका प्रथामिक विद्यायालयलाई भवन निर्माणको लागि दिनु भएको छ।

जोखिम युक्त, ठाँउमा विद्यायालय संचालन भइरहेकाले वालवालिकाले जोखिममुक्त ठाउँमा नडराइ पढुन् भनेर जग्गा दान गरेकी हुँ ।’ उनले भनिन् ‘म संग धेरै जग्गा जमिन भएर हैन, मेरो छरछिमेक, गाँउ समाज र परिवारको भविष्य उज्वल पार्न जग्गा दिएकी हुँ’
गाँउका कतिपय बालवालिका विद्यायलय जानवाट वन्चित छन् । नजिक विद्यायलय भयो भने, सहज तरिकाले पढ्नपाउन भन्ने उद्देश्यका साथ आफूले जग्गा दान गरेको कृृष्णकला पाण्डेको भनाइ छ ।

निरक्षर पाण्डेले शिक्षा क्षेत्रका लागि यति ठुलो चासो देखाएको भन्दै उप–प्रमुख विजाय विष्टले नगरपालिकाले कृष्णकला पाण्डेलाई सम्मान गर्ने विषयमा नगरमा छलफल गर्ने बताईन् ।