टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको आयोजनामा आजदेखि टाटा मोटर्स कन्स्ट्रक्सन एक्स्पो सुरु भएको छ। दुई दिनसम्म चल्ने एक्स्पो सिप्रदीको नैकापस्थित कर्पोरेट अफिसमा भइरहेको छ।
एक्स्पोमा टाटा मोटर्सका निर्माण कार्य सम्बन्धी सवारी साधन, उपकरण र अन्य मेसिनहरु प्रदर्शनमा राखिएका छन् । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार एक्स्पोमा आउने दर्शकहरुले टाटाका निर्माण सम्बन्धी गाडी र उपकरणहरुको एउटै छतमुनी जानकारी पाउन सक्नेछन्।‘यसबाट टाटाको निर्माणसँग सम्बन्धित उत्पादनहरुको छबि नेपाली बजारमा मजबुत हुने अपेक्षा गरिएको छ ।’ उनले भने। एक्स्पोमा टाटाको एलपिके २५२३ मोडलको नयाँ टिपर समेत राखेको छ।  ८०० एनएम टर्क, ३७ टनको सस्पेन्सन र तीन सय लिटरको फ्युल ट्यांक भएको टिपर निर्माण सामाग्री बोक्न उपयोगी रहेको कम्पनीले जनाएको छ।

एक्सपोमा प्रदर्शित निर्माण सम्बन्धी सवारी साधन, उपकरण र मेसिन खरीद गर्न चाहनेहरुको लागि फाइनान्सिङ सुविधा पनि रहेको कम्पनीले जनायो। कम्पनीका अनुसार एक्सपोमा नृत्य, संगीत, फोटोसुटजस्ता मनोरञ्जनात्मक कार्यक्रमसहित फूड स्टल समेत छन्।