एजेन्सीको सहयोगबाट 
सुन्दै अचम्म नमान्नुहोलाकि संसारमा सरकारका आआफनै नियम कानुन छन र हुन्छन् पनि  यो संसारमा यस्तो एउटा देश छ जस्ले त्यहाका जनतालाई  सुत्नकालागि करोडौ रूपैया दिने गरेको छ । जनतालाई पर्याप्त सुत्नका लागि जापान सरकारले जनताको करोडौँ खर्च गर्दैछ ।

जापान दुनियाँको यस्तो देश हो जहाँका मानिसहरु यति धेरै काम गर्छन् की उनीहरुसँग पर्याप्त निद्रा सुत्ने समय पनि हुँदैन । जापानीहरुको यहीँ पौरखले गर्दा जापान अहिलेपनि दुनियाको तेश्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको छ । तर काममा अत्यधिक लम्पट हुने जापानीहरुको बानीका कारण पछिल्लो वर्षहरुमा जापानी जनताको स्वास्थ्य निकै नै बिग्रिरहेको जापान सरकारले सार्वजनिक गरेको डेथ फर ओभरवर्क नामक श्वेतपत्रमा उल्लेख छ ।

यो समस्यालाई दृष्टिगत गर्दै जापान सरकारले आउँदो आर्थिक वर्षका लागि ३५ करोड रुपैयाँ बराबरको रकम छुट्टाएको छ । यो रकमबाट साना तथा मध्यमस्तरका कम्पनीहरुलाई कामदारको न्यूनतम आराम समय अपनाउने कार्यक्रमलाई बढावा दिनका लागि खर्च गरिनेछ । यो कार्यक्रम अनुसार सरकारले हरेक कम्पनीलाई ५ लाख जापानी येन आर्थिक सहायता गर्नेछ ।