राधिका देबकोटा

हाल नेकपाकि सांसद  तथा  गायिका कोमल ओलीको ‘पोइल जान पाम’ भन्ने गित एक जमानामा निकै चर्चामा थियो ।  एमालेमा पार्टी प्रवेश गरेपछि सांसद भएकी ओलीको गितले महिलाहरुको अपमान गरेको  कम्युनिष्ट खेमाका महिलाअधिकार कर्मीहरु उक्त गीतप्रति निकै रुष्ट भएका थिए ।

तर समयक्रमले कोमल ओलीलाई राजनीतिज्ञ बनायो । देशमा राजतन्त्र फर्काउन र हिन्दु राष्ट्र बनाउने भन्दै राप्रपाको पार्टीमा प्रवेश गरेकी कोमल ओलीलाइ फेरी सांसद भन्ने धंङ्गधंङ्गी जागेपछि उनका साक्खै गाउले एमाले नेता शंकर पोख्रेलले राजनीतिक च्याप्लुसीमा केपी ओलीले कोमल ओलीलाई एमालेमा प्रवेश गराए ।

छाडा संस्कृतिको ‘सं’ देखि आफुलाई अछुतो राख्ने कम्युनिष्टका लागि कोमल ओलीको ‘पोइल जान पाम’ भन्ने गित सहजै पचेकोछ।

हालको बहुमत सहितको कम्युनिष्ट ब्यबस्था निर्माणको लागि कोमल ओलीको झ्वाँक्क तन्नेरी र पोइल जानापाम भन्ने गित चुनावी प्रचारका लागि क्रान्तिकारी गितमा जबर्जस्त परिणत गराइयो ।

सत्ता नपाउदा सम्म त्यहि लुटतन्त्रको गित गाउने तर सत्तामा पुगेपछि त्यहि लुटतन्त्र बिरोधि गितमा प्रतिबन्द लगाउने ?

सत्तामा पुगेपछि लुटतन्त्रका गित माथि प्रतिबन्द गर्नु पर्ने कारण के रहेछ ?

आज पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ भन्ने गित गाउँदा उनको गित प्रतिबन्द भएको छ । राजनीतिक भाषामा भन्नु पर्दा पशुपति शर्माको गित हिजो कम्युनिष्टहरुले गाउने क्रान्तिकारी गित जस्तै हो । तर कम्युनिष्ट सरकारले प्रतिबन्द गरेको छ । ब्यथितिका बिरुद्द गाइने गितलाइ जनताका गितहरु हुन् भनेर कम्युनिष्टहरुले नै परिभाषित गरेका हुन् । जुन गित हिजो मदन भण्डारीले राजा महेन्द्रका बिरुद्द केपी ओलीको पुस्तालाई गाउन सिकाएका थिए ।

पशुपति शर्माको गितले सारमा देशमा भैरहेको लुट तन्त्रलाइ व्यंग्य प्रहार गर्दै गित बनाएका छन् । समग्रमा यो क्रान्तिकारी गित पनि हो । ब्यथिति बिरुद्द सचेतना जगाउने गित हो ।

राष्ट्रपति र प्रधानमन्त्रीलाइ अपमान भयो भन्दै पशुपति शर्माका बिरुद्द उत्रिनेलाई प्रश्न छ । के यो देशमा लुट तन्त्र चलेको छैन त ? त्यसो भए वाइडवडी प्रकरण, ३३ किलो सुन प्रकरण, एरपोर्ट प्रकरणहरु कुन तन्त्रका हड्डीहरु हुन् ?

अख्तियारी भएका भ्रस्टचारका मुद्दाहरु चाहि कुन तन्त्रका उपहार हुन् ?