/याे बहुमतकाे सरकार हाे,९महिनामा ढल्दैन-ओलि

याे बहुमतकाे सरकार हाे,९महिनामा ढल्दैन-ओलि

प्रधानमन्त्री केपी ओलिले आफु नेतृत्वकाे सरकार तत्काल नढल्ने बताएका छन।उनले सरकार ढल्नु अघि नेपाल समृद्धि र विकासकाे पथ हिडिसक्ने बताएका छन।नेपाल प्रहरीका निरीक्षकाे आधारभुत तालिमकाे दिक्षान्त समाराेहमा वाेल्दै प्रधानमन्त्रीले सरकार ढल्छ भन्ने कसैलाइ लागेकाे भए याे सपना मात्र भएकाे बताए।उनले भने-कसै-कसैलाइ सरकार ९-९महिनामा ढल्छ भन्ने लागेकाे हुन सक्छ तर याे बहमुतकाे सरकार हाे।अल्पमतकाे हाेइन । र,याे सरकार ढल्नु अघि धेरै कुरामा थिति पनि बसालेर मात्र ढल्छ।

उनले प्रहरी भित्रकाे वेथितिकाे पनि चर्चा गरेका छन। प्रधानमन्त्रीले अनावश्यक रूपमा माथिका मानिसकाे चाकडीमा नलाग्न निर्देशन पनि दिएका छन।उनले अपराध नियन्त्रणमा लाग्न,अपराधीलाइ संरक्षण नगर्न पनि भनेका छन।