सिरहा, नेकपा अध्यक्ष प्रचण्डले सरकारले माग पुरा नगरे मुद्धा हाल्न सिरहावासी जनतालाई उकासेका छन।संविधानसभा चुनावमा उठेर जितेकाे स्थानमा स्वास्थ्य चाैकी उदघाटन गर्न पुगेका दाहालले साेमवार माैलिक हक कार्यान्वयनकाे चरणमा पुगेकाे र यसमा लेखिएकाे जस्ताे शिक्षा,स्वास्थ्य नपाए मुद्धा हाल्न समेत पाइने बताए।उनले घुमाउराे पाराले माैलिक हक कार्यान्वयन नभए अदालतमा मुद्धा हाल्न मधेशी जनतालाइ उकासेका छन।

अध्यक्ष दाहालले मधेशी जनतालाइ संविधानकाे संशाेधन पनि हुने वताएका छन।संविधान संशाेधनकाे लागि आफु,प्रधानमन्त्री केपी ओली र उपेन्दे यादवकाे विचमा सम्झाैता भएकाे भन्दै यसकाे लागि पहल गरिरहेकाे बताएका छन।तर केन्द्रमा संविधान संशाेधनकाे लागि भने कुनै कदम चालिएकाे छैन।सरकारसंग असन्तुष्ट रहेका दाहाल केही दिन यता सरकार विरूद्ध अभिब्यक्त दिदै आएको पाईएको छ।उनले सिरहा पुगेर फेरि संविधान संशाेधन हुन्छ भनेपछि मधेशी दल र मधेशी जनताले सरकारसंग यसवारेमा प्रश्न उठाउनेछन।

केही दिन अघि मात्र उनले सरकारले प्रदेश र स्थानीय तहलाइ अधिकार नदिए मधेश र पहाडमा अलग अलग आन्दाेलन हुने अभिव्यक्ति दिएका थिए।

मधेशमा विकासकाे लागि ३ अर्ब रकम विनियाेजना गरिसकेकाे र थप रकम आउने आश्वासन दिलाए ।