काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति नैनसिंह महरले आफ्नो कार्यकाल सकिएको भन्दै राजीनामा दिएका छन् । उनले थप गरिएको पछिल्लो समयावधि पनि सकिएको उल्लेख गर्दै नेविसंघका अध्यक्ष महरले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।

नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको अध्यक्ष महरले जानकारी दिए । सोमबार सभापति देउवालाई राजीनामा बुझाउनु अघि उनले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारेका थिए ।