यूएई ,सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित युएई पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लाई त्यहाँ रहेका नेपालीहरुले नेपालको भन्सारमा लगाईएको कर को विषयमा सोधेका थिए । विदेशमा गएर दुःखले घरमा आउदा ल्याउनेृ २ ,४ वटा समानका जफतले सरकारको जनता प्रति अन्याय गरेको बताएका थिए । यहि सन्दर्भमा बिदेशमा गएर मरेको लासमा पनि कर लगाउनु परो भनेर व्याङ्ग समेत गरेका थिए ।
शनिबार नेपाली दूतावास आबुधाबीमा आयोजित कार्यक्रममा सहभागी हुनु भएका मन्त्री पण्डितलाई यहाँ कार्यरत नेपाली नागरिकले व्यङ्यमिश्रित प्रश्न सोधेका थिए, ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ’ त्यसको जवाफस्वरुप मन्त्री पण्डितले आफ्नो निजी सवारी साधनको रुपमा आफूसँग साइकल अहिले पनि भएको बताउनुभयो ।