काठमाडौं –  बैंकको शाखा सञ्जाल विस्तार गर्नु र गाउँगाउँमा बैंकिङ पहुँच पुर्याउने क्रममा प्रभू बैंक लिमिटेडले डडेलधुराको नवदुर्गा गाउँपालिकामा शाखा स्थापना गरेको छ ।

वडा नम्बर ४ मा आइतवारदेखि बैंकको नवदूर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ ।नवदूर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक समारोहबीच बैंकको नवदूर्गा शाखा कार्यालय उद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेल्धुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघ डडेल्धुराका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथि नवदूर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभू बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै नवदूर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आमसर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध भएको बताए ।