/नेपालको मन्त्रीमण्डल भ्रष्टहरुको क्लव हो -थापा

नेपालको मन्त्रीमण्डल भ्रष्टहरुको क्लव हो -थापा

गोरखा ,नेपालको मन्त्रीमण्डल भ्रष्टहरुको क्लव रहेको  काङ्ग्रेसका युवा नेता गगन थापाको भनाइ छ।
काङ्ग्रेस गोरखाले आयोजना गरेको चौथो सुशील स्मृति दिवस समारोहमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्ट नै भ्रष्ट रहेको भन्दै मन्त्रीमण्डल नै भ्रष्टहरुको क्लव भएको आरोप लगाएका थिए।

‘प्रधानमन्त्री बिहानदेखि बेलुकासम्म एउटा कुरा दोहोर्‍याएको दोहोर्‍यायै गरिरहनुहुन्छ म भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर एउटा वाक्य बोलिरहनुहुन्छ,’ थापाले भने, ‘तर उहाँको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्टहरु नै भ्रष्टहरु छन्।’हाल नेपाल दक्षिण यसियाकै भ्रष्ट देशको रुपमा नामाक्र्रण भएको छ अव तपाई आफै मुल्ङ्कन गनुहोस हाम्रो देशको मन्त्रीमण्डल उनले भने ।

सबै मन्त्री मण्डललाई भ्रष्टहरुको क्लब हो मलाई बताईदिनु कुन चाहिँ मन्त्रालय चोखो छ र? वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार, बूढीगण्डकीमा भ्रष्टाचार, मान्छे बाहिर पठाउँदा भ्रष्टाचार, मान्छे भित्र्याउँदा भ्रष्टाचार भएको छ।’ भ्रष्टचारीलाई प्रधानमन्त्रीले नै ढाकछोप गरेको आरोप समेत उनले लगाए।

हालको सरकार र सिंगै पार्टी नै लागेर भ्रष्टाचार लाई संस्थागत गर्दै छ । ‘माफिया, दलाल, तस्करलाई संरक्षण दिँदै अहिलेसम्म नभएको ठूलो भ्रष्टाचार यो एकवर्षभित्र भएको छ’, नेता थापाले भने, ‘भ्रष्टाचारको दलदलमा देश टाट पल्टन लागिसक्यो तर प्रधानमन्त्री संसदमा आएर ढाँटेको ढाँटै गरिरहनुहुन्छ।