नेकपाका अध्यक्ष प्रचण्ड पछिल्लोपटक ओलिसंग रिसाएका छन।शुक्रवार उनले राजधानीमा भएकाे कार्यक्रममा सरकार विरूद्ध कडा अभिब्यक्ति दिएका छन।उनले सरकारले प्रदेश र स्थानीय तहलाइ कुनै पनि अधिकार नदिएकाे भन्दै यस्तै पारा कायम रहे देश भयानक दुर्घटनामा जाने चेतावनी दिएका छन । जेठ ३ गते पार्टी एकता भएयता प्रधानमन्त्री ओलीसंग निकै मिलेका प्रचण्ड भेनेजुयला प्रकरणमा प्रधानमन्त्री ओलीले प्रचण्डकाे जिव्राे चिप्लिएकाे भनेर अभिब्यक्ति दिएपछि निकै रिसाएका छन।उनले यसपछि शुक्रवार नै प्रधामन्त्री र सरकार विरूद्ध कडा विचार पाेखेका हुन।अध्यक्ष दाहालले संविधानमा भएकाे अधिकार सरकारले तल्लाे तहमा दिन नै नचाहेकाे आराेप समेत लगाए।यसाे भएमा तराइमा अलग र पहाडमा अलग खालकाे आन्दाेलन सुरू हुने चेतावनी समेत दिएका छन।