नेपाली कांग्रेसकाे हिजो चाैंथाे पटक बसेकाे वैठकले कुनै निर्णय नगरि माघ २८ गतेसम्मकाे लागि वैठक स्थगीत भएकाे छ। कांग्रेसले डाकेकाे याे वैठकमा पार्टीकाे विधान र म्याद सकिएकाे नेपाल विधार्थी संघकाे वारेमा कुनै निर्णय लिन्छ कि भन्ने अाशा थियाे तर,कांग्रेसले कुनै निर्णय नगरि वैठक स्थगीत गरेकाे छ।

हिजो पार्टी कार्यालय सानेपामा बसेकाे वैठक पुन वस्ने भन्दै यतिकै सकियाे।यहि महिना मात्र नेपाली कांग्रेसकाे वैठक माघ १०,१३,१४ र विहिवार बसेकाे वैठकले कुनै निर्णय नगरेकाे हाे।

लामाे समय देखि वैठकमा मात्र समय विताएकाे नेपाली कांग्रेसले ठाेस निर्णय भने गर्न सकेकाे छैन।कांग्रेसले पुष मसान्तमा नै म्याद सकिएकाे नेपाल विधार्थी संघकाे वारेमा एउटा धारणा बनाउनु पर्नेछ तर नेताहरूले यसवारेमा कुनै निर्णय गर्न सकेका छैनन।